रचनात्मक दबाब स्वरूप प्रदेश सांसदलाई फुलमाला

निरन्तर न्यूज
२० पुष २०७६, आईतवार २३:११

हेटौंडा । प्रदेश नम्बर ३ प्रदेशसभा सांसदहरुलाई हेटौंडामा सोमबार फूलमालासहित सम्मान गरीने भएको छ । हेटौंडालाई प्रदेशको राजधानी बनाउन रचनात्मक दबाब स्वरुप युवा, विद्यार्थी तथा सामाजिक संघसंस्थाका युवाहरुको समूहले प्रदेश सांसदहरुलाई फुलमाला लगाई सम्मान गरीने कार्यक्रम रहेको छ।

आज हेटौंडामा भएको युवा भेलाले प्रदेश सांसदहरुलाई प्रदेश ३ को राजधानी हेटौंडा बनाउन अनुरोधसहित प्रदेशसभा भवन अगाडि बसेर उपस्थित सबै सांसदहरुलाई फूलमाला लगाउने कार्यक्रम तय गरेको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले बताए । चौलागाईं का अनुृसार ‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ युवाहरुको समूहले रचनात्मक दवाव मुलक कार्यक्रम गर्न लागेको बताए ।

यसै कार्यक्रमलाई सफल पार्न आयोजकले भोलि पुस २१ गते दिउँसो १२ बजे बुद्धचोकमा ब्यानर सहितको र्‍याली गरिने युवा कृष्ण लामिछाने जानकारी दिए । सबैलाई र्‍यालीमा सहभागी हुन अपिल गरिएको युवा प्रदीप कँडेलले बताए ।

भोली पौष २१ गते सोमबार दिउसो ३ बजे बस्ने बैठकमा प्रदेश ३ को राजधानी र नाम टुंगो लगाउने प्रक्रिया अगाडि बढाइने भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*