कर्मचारी नहुँदा बजेट खर्च भएन:शर्मा

निरन्तर न्यूज
२० पुष २०७६, आईतवार १७:०३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले कर्मचारी व्यवस्थापन नहुँदा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् ।

संघीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताएका हुन् । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकसेवा गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उनको भनाइ थियो ।

कर्णालीका विभिन्न स्थानीय तहहरूमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पूरा गर्न कठिन भएको उनको भनाइ थियो ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरूमा बजेट कम खर्च हुनुको कारण कर्मचारी अभाव मात्रै नभएको बताए । बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरुले नबनाएरै काम गरेकाले कम खर्च भएको उनको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार ६१२ दरबन्दीमा समायोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार ५७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । समितिमा सांसदहरूले सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई आमन्त्रण गरे पनि उनी सहभागी भएनन् ।श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*