नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो।
जसअनुसार प्रदेश नम्बर १ बाट इन्दू गौतम, गोपी अछामी देबेन्द्र तामाङ, प्रदेश नम्बर २ बाट तुल्सा दाहाल र राधेश्याम पासवान रहेका छन् भने, प्रदेश तीन बाट गंगा बेल्वासे, बेदूराम भूसाललाई पनि राष्ट्रियसभाको उम्मेदवार बनाइएको छ।श्रोत नेपालखबर