आज देशभर वर्षा हुने, काठमाडौंमै हिमपातको सम्भावना

निरन्तर न्यूज
१८ पुष २०७६, शुक्रबार १०:२७

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका अधिकांश भूभागमा वर्षा र हिमपात हुने भएको छ।

केही दिनअघि नेपाल भित्रिएको पश्चिमी वायुका कारण बिहीबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ । आज ९शुक्रबार० देशका अधिकांश भागमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना समेत देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज साँझबाट धेरै क्षेत्रमा हिमपात हुने देखिएको छ ।

काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । साझँसम्ममा वर्षाको क्रम बढ्ने र काठमाडौं आसपासका क्षेत्रमा हिमपात हुनसक्ने मौसमविद् श्रेष्ठले जानकारी दिए । उनका अनुसार चन्द्रगिरी, फूलचोकीलगायतका डाडाँमा हिमपातको सम्भावना देखिएको हो ।

यस्तै तराईका जिल्लाहरुमा पनि वर्षा हुने महाशाखाले जनाएको छ। पश्चिमबाट सुरु भएको वर्षा र हिमपातको क्रम पूर्वमा पुगेर सकिने छ । यसका लागि कम्तिमा तीन दिन लाग्ने जनाइएको छ।

बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*