कार्यकारिणी उपाध्यक्षमा पौडेल उम्मेदवारी

निरन्तर न्यूज
१७ पुष २०७६, बिहीबार १४:२९

हेटौंडा । हेटौंडा जेसीजको कार्यकारिणी उपाध्यक्षमा गंगाप्रसाद पौडेलले उमेदवारी घोषणा गरेका छन् ।

विगत नौ वर्षदेखि जेसिज अभियानमा आबद्द भएका पौडेलले जेसीजमा गुटगत राजनीति भइरहेकाले त्यस्ता खराब अभ्यास विरुद्द आफ्नो उम्मेद्वारी रहेको पौडेलले बताए । ‘ जेसिजले युवाहरुलाई सही ट्रयाकमा लैजानुपर्छ । तर अहिले जेसिजमा यसको उल्टो अभ्यास भइरहेको छ ।’उम्मेदवारी घोषणा गरेका पौडेलले भने,‘हेटौंडा जेसिजको संस्थागत विकासका लागि मेरो उम्मेद्वारी हो । ’
अहिले बजारमा जेसिजको नराम्रो छवि बनेकाले यस्ता छवि सुधार्न तथा युवालाई सही नेतृत्व विकास गराउँनका लागि आफूले उम्मेद्वारी दिने तयारी गरेको उनको भनाई छ ।

मकवानपुरको हेटौँडामा रहेको सबैभन्दा पुरानो जेसीज हेटौँडा जेसीजको कार्यकारी उपाध्यक्षमा गंगाप्रसाद पौडेलले उम्मेद्वारी दिने भएका छन्।
हेटौँडा जेसीजमा निकै लामो समयबाट सक्रिय रहेका पौडेलले जेसीजलाई थप क्रियाशिल बनाउनको लागि आफूले कार्यकारी उपाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

पौडेलले जेसिजमा सन् २०१४ मा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् भने २०१७ मा पब्लिक रिलेशन अफिसरका रुपमा आफ्नो दायित्व निर्वाह गरेका छन् ।

जेसिज अभियानलाई लामो समय नियालिरहेका पौडेलले अहिले जेसिजभित्रका विकृति अन्त्य हुनु आवश्यक ठानेर कार्यकारिणी उपाध्यक्षमा घोषणा गरेको बताए ।

जको उद्देश्य बमोजिम अघि बढाउँन आफू लागिपर्ने पौडेलको भनाई छ ।

यही पुष १९ गते हेटौंडा जेसिजको अधिवेशन हुदैछ । नजिकँदो अधिवेशनसंगै उम्मेवारी घोषणा भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*