राज्यमन्त्रीको गालामा सांसदले थप्पड हानेपछि…
धनुषा । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई सांसद प्रमिलादेवी दासले गालामा थप्पड हानेकी छन् ।
नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवलाई मंगलबार दिउँसो प्रदेश सभा भवन बाहिर थप्पड हानेकी हुन् ।
उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए ।
प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली काँग्रेसका सांसदहरुले उपभोक्ता समितिको भुक्तानीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक रोकेका थिए।
बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिएकी दासले प्रदेश सरकारको काम कारबाहीको विरोध हुँदा पनि सरकार र मन्त्रीहरु लाज पचाएर बसेको भन्दै आलवचना गर्दैगर्दा राज्यमन्त्री यादव र सांसद दासबीच भनाभन भएको थियो । सोही क्रममा सांसद दासले राज्यमन्त्री यादवको गालामा थप्पड हानेको प्रत्यक्षदर्शीले बताए ।