बिपि कपको उपाधी २ नम्बर वडालाई
हेटौंडा । हेटौँडामा जारी बीपी कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–२ को टोलीले जितेको छ । बुधबार भएको फाइनल खेलमा हेटौंडा–३ लाई सडनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा–२ ले उपाधी जितेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकर गएको थियो, टाईब्रेकरमा पनि बराबरी भएपछि नतिजा सडनडेथबाट लिईएको थियो । विजेता टोलीले ५० हजार रुपैयाँसहित एक किलोको शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा विजेता टोलीका अनिल थापा उत्कृष्ट खेलाडी, सफल तिमल्सिना उत्कृष्ट गोलरक्षक, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक र लक्ष्मण विडारी उदीयमान खेलाडी घोषित हुँदै जनही दुई हजार पाच सय रुपैँया प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ दी म्याच पराजित टोलीका गोलरक्षक गोपी बर्तौला घोषित भए । नेपाल लोकतान्त्रिक खेलकुद संघक अध्यक्ष सविन भट्टचार्यको सभाध्यक्षतामा एवं नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । प्रत्येक वर्ष मेलमिलाप दिवसको अवसरमा हुँदै आएको प्रतियोगितामा यसपटक २२ टोलीको सहभागिता रहेको थियो ।