शिबमलाई मान्छे मार्ने मामलामा नो कम्प्रोमाईज

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार २०:३०

हेटौंडा । मकवानपुरको हेटौडा १७ हटियामा रहेको शिबम सिमेन्टस लिमिटेडको लापर्वाहीका कारण आज उद्योग परिसरमै एक जना मजदुरको मृत्यु भएको छ । शिबम सिमेन्ट्समा हाल सम्ममा उद्योगको लापर्वाहीका कारण धेरै मजदुरले ज्यान गुमाई सक्दा समेत उद्योग संचालकले भने यस्तो घटनालाई सामान्य रुपमा लिने गरेको बताएका छन ।
मजदुरहरुको मृत्युलाई सामान्य मान्ने उद्योग संचालकको चरम लापर्वाही हेलचेक्राईका कारण कयौ मजदुरले ज्यान गुमाउन बाध्य हुदा समेत नियमन तथा निगरानी गर्ने प्रशासनिक निकाय समेत संबेदनसिल नबनि दिदा अझै कती मजदुरले ज्यान गुमाउन पर्ने हो भन्ने बिषयले चर्चा पाएको छ ।
उद्योग संचालन गर्दा पुर्याउनु पर्ने सामान्य मापदण्ड समेत नपुर्याई मजदुरलाई बाध्य बनाई जस्तो सुकै जोखिम काममा समेत बाध्य पारी मजदुरको शुरक्षाको सामान्य भन्दा सामान्य मापदण्ड समेत नपुराएको शिबम सिमेन्टले मजदुर मर्ने मामालामा समेत नो कम्प्रमाईज गरेको छ ।
हामिले पटक पटक सेफ्टीका सामाग्री माग्यौ तर उद्योग संचालकले सेफ्टीका सामान दिन आनाकानी गरी हामीलाई जोखिम काम गर्न बाध्य परेकोले आज काम गर्ने क्रममा हाम्रो साथीको मृत्यु भएको शिबम् सिमेन्टमा काम गर्ने एक मजदुरको गुनासो रहेको थियो ।

आज बिहान १०:३० बजेको समयमा कैलाली मुसरिया -५ बस्ने देवि प्रसाद चौलागाईका छोरा वर्ष ३५ का राजन प्रसाद चौलागाईको सिमेन्ट रोलर प्रेसको फित्तामा च्यापिएर मृत्यु भएको हो ।

बजरंगवली सप्लायर्स मार्फत शिबममा कार्यरत चौलागाई को मृत्यु पस्चात उद्योग संचालक रगुनन्दन मारु सित दुर्घटना त नियमित जस्तै भयो सेफ्टीको सामान्य भन्दा सामन्य पुरवधार समेत व्यवस्था गर्नु भयन किन भनेर सोध्दा उनले भने दुर्घटना यो भन्दा पहिला पनी भएको र यो पनी सामान्य जस्तै रहेको प्रतिक्रिया दिए । मजदुरको मृत्युलाई सामान्य प्रक्रिया सम्झने शिबम संचालकको यो हर्कतले शिबम मान्छे मारेर पैशा कमाउने ध्याउन्नमा लागेको प्रष्ट हुन्छ । विगतमा समेत धेरै मजदुरले ज्यान गुमाई सक्दा समेत शिबम् सिमेन्टले मजदुरले काम गर्ने बेला प्रयोग गर्ने शुरक्षा सामाग्रीमा कन्जुसाई गर्ने गरेको आरोप लागेको छ भने यता पटक पटक बिना सेफ्टीका कारण मजदुरलाई जोखिम काममा प्रयोग गरी धेरै भन्दा धेरै मजदुरले ज्यान गुमाउन परेका कारण तत्काल शिबम सिमेन्टका संचालकलाई पक्राउ गरी कार्वाही गर्नु पर्ने माग स्थानियको रहेको छ । स्रोत : जननी नेेपाल, रमेश बन्जारा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*