आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार १७:०१

वीरगञ्ज । आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

घाइते भएकी पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ भवानीपुर बस्ने प्रमोद दासकी २६ वर्षिय श्रीमती शान्ती देवीको उपचारको क्रममा ज्यान गएको हो।

उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ। गत पुस ३ गते आगो ताप्ने क्रममा अकस्मात कपडामा आगो लागेर शान्तिको कम्मरमुनिको सम्पूर्ण भाग जलेर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा गरिएकोमा थप उपचारको लागि किर्तिपुर अस्पातलमा पठाइएको थियो।अस्पतालमै मंगलबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*