वडाध्यक्ष भट्टराईको निधन

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार १२:३६

झापा । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*