शिवम सिमेन्ट उद्योगमा कार्यरत चाैलागाईकाे मृत्यु

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार ११:५७

हेटौंडा। हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।

उद्योगमा रहेको रोलर प्रेसमा परेर उद्योगका मजदुरको मृत्यू भएको प्रहरीले बताएको छ ।

उद्योगमा कार्यरत मजदुर कैलालि जिल्ला मशुरीया गाउँपालिका ५ बस्ने ३५ वर्षीय राजन प्रसाद चौलागाईको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

अहिले भर्खर प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान हुँदै गरेकाे बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*