ट्रक दुर्घटना हुँदा, तीन जनाको घटनास्थलमै मृत्यु

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार १०:३२

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*