आजदेखि विभिन्न ठाउँमा वर्षा र हिमपात हुने, यस्तो हुनेछ तीन दिनको मौसम

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार १०:२२

काठमाडौं । पश्चिमि वायुको प्रभावका कारण आजबाट देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।

मंगलबार साँझबाट देखिएको पश्चिमि वायुको प्रभावका कारण देशका अधिकांश ठाउँको मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिबेर घाम लागेजस्तो भएपनि पुनः मौसम धुम्मिने सम्भावना देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार आज साँझसम्ममा काठमाडौं उपत्यकासहित देशको पश्चिम र मध्य क्षेत्रमा वर्षा हुनेछ । वर्षासँगै उच्च पहाडी क्षेत्र र हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि हिमपातको सम्भावना देखिएको मौसमविद् नगरकोटीले बताइन् । चन्द्रागिरी, फूलचोकी डाँडाँ लगायतका क्षेत्रमा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । पश्चिमबाट सुरु हुने वर्षा र हिमपातको क्रम पूर्वमा पुगेर सकिने भएकाले यो क्रम शुक्रबारसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसम धुम्म भएसँगै देशका अधिकांश ठाउँको न्यूनतम तापक्रम घटेर चिसो बढेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २।८ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लाको तापक्रम माइनस ४।८ डिग्री सेल्सियस मापन भएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष १६ गते (बुधबार)

दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी र हिमाली भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राति स् देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

पौष १७ गते (बिहिबार)

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति स् देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पौष १८ गते (शुक्रबार)

दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति स् देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*