क्याम्पाडाँडा नजिक ट्रीपर दुर्घटना, चालक फरार

निरन्तर न्यूज
१६ पुष २०७६, बुधबार ०९:०१

हेटौंडा। मकवानपुर जिल्लाको कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगर वार्ड  ५ क्याम्पाडाँडा नजिक ट्रीपर दुर्घटना भएको छ।

हेटौंडा बजारबाट इट्टा बोकेर चौघडा तर्फ जाँदै गरेको ना ६ ख ९००६ नम्बर ट्रीपर दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।

ट्रीपर तिब्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटना पछि चालक फरार रहेको  कति घाइते भए भन्ने कुरा खुलिनसकेको र चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।

उक्त स्थान केहि समय अगाडी ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*