घरधनीले डेरावालको विस्तृत अभिलेख राख्नुपर्ने

निरन्तर न्यूज
१५ पुष २०७६, मंगलवार १४:१७

 

काठमाडौं– घर भाडामा लिएर अवैध गतिविधि बढेको भन्दै सरकारले भाडामा बस्नेहरुको विस्तृत विवरण संकलन गर्ने भएको छ।

काठमाडौंसहित देशका विभिन्न सहरमा घर भाडामा लिएर आपराधिक गतिविधि भइरहेको पाइएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति र संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय सरकारले गरेको हो।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको हालै बसेको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार बैठकले घर मालिकले भाडामा बस्नेहरुको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णय गरेको छ। ‘घर धनीले आफ्नै सुरक्षाको लागि पनि भाडामा बस्नेहरुको नाम, ठेगाना र कामको विवरण संकलन गर्नुपर्छ,’ अधिकारीले भने, ‘आफ्नो र समाजको सुरक्षाका लागि पनि घर मालिकले विवरण संकलन गरी नजिकको प्रहरी इकाईमा बुझाउनु पर्छ।’

घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएकोे छ। पछिल्लो समय घर भाडामा लिएर गैरकानुनी कार्यमा संलग्न रहेको अवस्थामा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेपछि सुरक्षा सम्बद्व निकायले यस्तो निर्णय गरेको हो।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*