गल्फुबेसीमा एक युवकको मृत फेला

निरन्तर न्यूज
१५ पुष २०७६, मंगलवार १३:१९

तनहुँ । तनहुँको व्यास नगरपालिकाको गल्फुबेसीमा एक युवक मृत फेला परेका छन् । म्यादे गाउँपालिका घर भई हाल व्यास नगरपालिका–१ गल्फुबेसी बस्ने ३२ वर्षीय सुशील परियार मृत भेटिएका हुन् ।

सोमबार राति साढे ८ बजे ब्यास नगरपालिकाको छाब्दीबाट गल्फुबेसी आउँदै गरेको ना ६ त ६८७२ नम्बरको ट्याक्टर खस्दा सोही ट्याक्टरले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परियारलाई सोही ट्याक्टरमा राखेर गल्फुबेसी ल्याई फालिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*