आज तमु ल्होसार, यसरी मनाउँदैछन् गुरुङ समुदाय

निरन्तर न्यूज
१५ पुष २०७६, मंगलवार ११:३९

काठमाडौं । देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्।

हरेक वर्ष पुस १५ गते तमु ल्होसार मनाइन्छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकार बताउँछन्।

तमु ल्होसार मूल आयोजक समिति अध्यक्ष टेकबहादुर गुरुङले यस वर्ष पुस १४ गते राति १२ बजे मृग वर्षबाट मुसा वर्ष सुरु भएको बताए।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका थिए। जसअनुसार मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग वर्ष नामाकरण गरिएको हो।

पर्वका अवसरमा राजधानीको टुँडिखेलमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ। गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित भएकाले आइतबारदेखि प्रतियोगिता आयोजना गरिएको तमु ल्होसार मूल आयोजक समिति महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए। प्रतियोगिता मंगलबार सकिनेछ।

पर्वका अवसरमा आयोजित कार्यक्रममा आज दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*