ट्रयाक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

निरन्तर न्यूज
१४ पुष २०७६, सोमबार १४:०८

मोरङ । मोरङमा ट्रयाक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

को १ त ७८४३ नम्बरको ट्रयाक्टरले को ३८ प १७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ का १८ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो दुर्घटनाबाट स्कुटरमा सवार अर्का एक जनाको घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*