पारिवारिक नीजि वन संघको महासचिवमा हेटौँडाकी आरती

निरन्तर न्यूज
१४ पुष २०७६, सोमबार १०:४३

हेटौँडा । पारिवारिक नीजि वन संघ (एफ्फोन) को केन्द्रीय महासचिवमा मकवानपुरकी सामाजिक अभियन्ताको रुपमा परिचित आरती पाठक चयन भएकी छिन् । काठमाडौंमा भएको संघको दोस्रो महाधिवेशनबाट जोगराज गिरीको अध्यक्षतामा गठन भएको ४९ सदस्यीय नयाँ कार्य समितिमा हेटौँडा ४ निवासी पाठक महासचिव चयन भएकी हुन् ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा नविन पौडेल र कोषाध्यक्षमा राजेन्द्र भट्टलाई चयन गरेको छ । अधिवेशनबाट सातवटै प्रदेशका लागि एकरएक जना उपाध्यक्षसमेत चयन भएका छन् ।

६० जिल्ला शाखा रहेको संघले पारिवारिक निजी वनको क्षेत्रमा देखिएका समस्या समाधान गर्ने घोषणा समेत गरेको छ । यसका लागि सरकारसंग ठोस पहल गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*