शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलाे प्राथमिकता: एसपी राठाैर

निरन्तर न्यूज
१३ पुष २०७६, आईतवार १७:०२

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्खरै सरुवा भई आईपुगेका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले शान्ति सुरक्षाा र अपराध नियन्त्रण आफ्नाे पहिलाे प्राथमिकता रहने बताउनुभएकाे छ ।

आइतबार प्रहरी कार्यालयमा भएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी राठौरले प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकार तथा नागरिक समाज सबैकाे समन्वय आवश्यक रहेकाे बताउनुभयाे ।

आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने तथ लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका जिल्लाका प्रमुख समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गरि अघि बढ्ने एसपी राठाैरले बताउनुभयाे ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराई, प्रहरी निरीक्षकहरु ललन प्रसाद कुर्मी,अमर प्रसाद गजमेर, हरिबिष्णु ढकाल, सुजन पाठकलगायत प्रहरी अधिकृतहरुकाे सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*