हेटौंडा जेसीजमा श्रेष्ठको उपाध्यक्षमा उम्मेदवारी

निरन्तर न्यूज
१३ पुष २०७६, आईतवार १६:४१

हेटौंडा । मकवानपुरका युवा राजनीतिज्ञ एवम् व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा जेसीजको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् ।सन् २०२० को लागि आगामी पुस १९ र २० गते हेटौंडामा हुन लागेको जेसीजको वार्षिक साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

२०१८ मा जेसिज प्रवेश गरि अहिले हेटौंडा जेसीजको खेलकुद संयोजक भई भूमिका निर्वाह गरिरहेका छन् । समाजसेवामा समेत सक्रिय श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक काममा सक्रिय गराउन आफ्नो उम्मेदवारी रहेको बताए । आफूलाई उपाध्यक्षमा जिम्मेवारी प्रदान गरिए जेसीज युवाहरुबीच सकारात्मक सोचको विकास गर्ने लक्ष्यका साथ आफुले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको श्रेष्ठले बताए।

नेपाल तरुण दल मकवानपुरका नेता समेत रहेका श्रेष्ठले सकारात्मक सोचको विकाससँगै सामाजिक काममा पनि विशेष योजनाका साथ अगाडी बढ्ने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*