स्टाफ नर्स आफ्नै कोठाभित्र सुतेकै अवस्थामा मृत फेला

निरन्तर न्यूज
१३ पुष २०७६, आईतवार १५:३३

धनगढी । धनगढीमा एकजना स्टाफ नर्स मृत अवस्थामा भेटिएकी छन्।

धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले तारानगरमा डेरामा बस्दै आएकी ऐर केहीबेरअघि मृत अवस्थामा भेटिएको बताए। उनले ऐर बन्द कोठाभित्र सुतेकै अवस्थामा भेटिएको बताए।

उनका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेकाले शव कोठामै छ । ऐर धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*