सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

निरन्तर न्यूज
१३ पुष २०७६, आईतवार १५:००

काठमाडौं । काठमाडौं, सप्तरी, पाल्पा र झापा गरी चार छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा. ३ क १७४२ नम्बरको टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी अन्दाजी ६५ वर्षीया महिलाको उनको उपचारका सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको सनाखत हुन सकेको छैन् । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी शनिबार दिउँसो नै सप्तरीको कंचनरुप नगरपालिका ४ कविलाशा टोलस्थित सडकमा को. २ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी शनिबार नै झापाको दमक नगरपालिका–५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ती सबै दुर्घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*