घोडाले हान्दा एक बालकको मृत्यु

निरन्तर न्यूज
१२ पुष २०७६, शनिबार १५:१३

सल्यान। सल्यानमा घोडाले हान्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षीय छोरा राजु बुढा रहेका छन् ।

शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले हानेको थियो । घोडाले हानेर घाईते भएका उनको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*