सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, चारजनाको सनाखत

निरन्तर न्यूज
११ पुष २०७६, शुक्रबार १८:३४

हेटाैँडा । मकवानपुरको इन्द्रसरोबर ओखरेडाँडामा सुमो दुर्घटनामा परी ज्यान गुमाउने मध्ये चारजनाको खनाखत भएको प्रहरीले जनाएकाे छ ।

मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ४ का मनिष बि‍क‍, उनकी पत्नी सृजना बिक र आफन्त चन्द्रपुर ९ का नेत्र बहादुर बिक र उनकी पत्नीको ज्यान गएको हो । अर्का एकजनाको भने खनाखत हुन नै बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

चपुर बाट काठमाण्डौँ जाँदै गरेको ना १ ज ३४३३ नंबर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ ओखलडाँडामा शुक्रबार दिउँसो करिब १ बजेकाे समयमा दुर्घटनामा परेको प्रहरीले बताएकाे हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*