मकवानपुरको ओखरेडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

निरन्तर न्यूज
११ पुष २०७६, शुक्रबार १४:५१

हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ओखरेडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  मकवानपुर प्रहरीले जनाएकाे छ ।  सोही दुर्घटनामा परि ५ जना गम्भिर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

चन्द्रपुरबाट काठमाडौं जादै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर सुमो ओखरेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक ललन कुमार कुर्मीले जानकारी दिनुभयाे ।

मुत्यु हुने तिन जनाको पहिचान  हुन बाँकी रहेको छ भने  घाईतेहुनेहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रवक्ता कुर्मीले जानकारी दिनुभयाे । घटना के कसरी भएकाे भन्ने बारेमा अनुसन्धान भैरहेकाे कुर्मीले बताउनुभयाे । घटनामा मृत्यु भएकाहरुको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*