आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या

निरन्तर न्यूज
११ पुष २०७६, शुक्रबार १२:२३

झापा । जिल्लाको शिवसताक्षी ६ मा एक जनाले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन्। ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको हत्या गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसा मुर्मुले घरायसी वादविवादमा श्रीमतीमाथि बिहीबार साँझ ७ बजे छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज पुरयाइए पनि तत्कालै मृत्यु भएको थियो। प्रहरीले आरोपित मुर्मुलाई नियन्त्रणमा लिएको छ। घट्नाका बिषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*