दोश्रो वी.पी.कप फुटबलमा बकैयालाई हराउँदै हेटौंडा १ विजयी
हेटौंडा । हेटौंडामा आजबाट सुरु भएको दोश्रो वी.पी.कप फुटबल भएको पहिलो खेलमा साविक विजेता बकैयाँ गाउँपालिकालाई ट्राईब्रेकरमा हराउँदै हेटौंडा उपमहानगरपालिका १ विजयी भएको छ ।
नेपाली कांग्रेसको खेलकुद विभागअन्तर्गत नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले वी.पी. मेलमिलाप दिवसको अवसरमा पारेर आजबाट सुरु गरेको प्रतियोगितामा साविक विजेता बकैया गाउँपालिकालाई ट्राईब्रेकरमा २–१ को गोल अन्तरले हराउँदै हेटौंडा–१ विजयी भएको हो ।
ट्राईब्रेकरमा हेटौंडा १ का रोशन बुढाथोकी र दीपेश कार्कीले गोल गरेका थिए भने बकैयाका तर्फबाट १ मात्र गोल विकाश वाईबाले फर्काएका थिए ।
नकआउट चरणको खेलमा साविक विजेता बकैया पहिलो खेलमै बाहिरिएको छ ।खेलको म्यान अफ दि म्याच हेटौंडा १ का गोलकिपर निश्चल दुलाल घोषित भए ।
आजदेखि सुरु भएको प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा मकवानपुरका ७ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका गरी २२ टिमको सहभागिता रहेको वी।पी। कपका कार्यक्रम संयोजक प्रदिप कंडेलले जानकारी दिए ।
प्रतियोगितामा पहिलो टिमले नगद ५० हजार र रनिङ शिल्ड तथा दोश्रो हुने टिमले २५ हजार र शिल्ड पाउने छन् भने हरेक दिन म्यान अफ द म्याच हुने खेलाडी, वेष्ट प्लेयर, किपर, उत्कृष्ट डेफेण्डिङ्ग लगायतलाई नगद पुरस्कार राखिएको संघले जनाएको छ ।