बसको ठक्करबाट १७ वर्षीय फिलिप प्रजाको मृत्यु

निरन्तर न्यूज
१० पुष २०७६, बिहीबार ११:५७

चितवन ।चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ ।

पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले बिहीवार बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*