समाजवादी पार्टी प्रतिपक्षको सिटमा बस्ने, सरकारलाई दिएको समर्थन फिर्ता (विज्ञप्ती सहित)

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १५:४१

काठमाडौं । समाजवादी पार्टीले केपी ओली शर्माको नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएको औपचारिक रुपमा  जनाएकाे छ ।

बुधबार समाजवादी पार्टीले पत्रकार सम्मेलन गरी ओली सरकारबाट बाहिरिएको जानकारी दिएकाे छ ।

पत्रकार सम्मेलनमा उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै सरकारबाट बाहिएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष यादवले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न भन्दै मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव अस्वीकार गरेको भन्दै समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेको हो ।

त्यस्तै सरकारले यादवको प्रस्तावलाई अस्वीकार गरी पार्टीसँग भएको २ बुँदै सहमतिबाट सरकार पछि हटेको र उक्त सहमतिलाई एकलौटी तरिकाले तोडेको समेत समाजवादीको पार्टीको आरोप छ ।

‘संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजैको मितिदेखि लागू हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र सिर्जनात्मक रुपले सकरात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

हिजो मंगलबार पार्टीको तर्फबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री एवं कानुनमन्त्री यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्तावलाई अस्वीकार गरेपछि समाजवादी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यस्ताे छ विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*