बस दुर्घटना हुँदा २१ जना घाइते

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १३:५८

दाङ । दाङमा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोलाको ओरालोमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले जानकारी दिए ।

घाइते मध्ये दुईजनालाई गम्भीर चोट लागेको छ भने अन्य यात्रु सामान्य रहेको प्रहरी जनाएको छ । घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*