ट्रक र मोटरसाईकल ठोक्किदा तामाङको मृत्यु ,एकको अवस्था गम्भीर

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १३:०३

महोत्तरी। महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ ।

बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको ग ६ प १७८९ नम्बरको स्पेण्डर मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका वडा नं ३ पाटु भन्ने स्थानमा ठक्कर दिँदा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका –१० लङ्गुर खोला घर भएका वर्ष २३ का कुमार खाती गम्भीर घाइते भएका छन् । घाइते खातीलाई उपचारको लागि काठमाण्डौं स्थिति ग्राण्डी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*