सुनको मूल्य १२ सयले बढ्यो

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १२:३८

काठमाडौं । तीन दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७२ हजार ८ सय पुगेको छ। आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पुरानो रेकर्डलाई पछ्याउँदै अघि बढेको छ। सोमबार प्रतितोला ७१ हजार ९०० र मंगलबार ७२ हजार २०० रुपैयाँ पुगेको छ। केही दिनअघि सुनको मूल्य प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

तर विस्तारै घटेर प्रतितोला ७० हजारसम्म आएको थियो । तर पुनः सुनको मूल्य बढ्न थालेको हो । सुनमा भन्सार मूल्य बढेपछि बजार मूल्यमा पनि चाप परेको सुनचाँदी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*