क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारका तीनजनाको डुबेर मृत्यु

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १०:५१

काठमाडौं । स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ ।

रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।

जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए ।

स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ ।

बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*