मकवानपुर प्रहरीको सक्रियता: हराएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझायो

निरन्तर न्यूज
८ पुष २०७६, मंगलवार १५:१३

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले हराएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । मकवानपुर प्रहरीले हेटौडा–५ बस्ने प्रकाश बानियाँको गत मंसिर २० गते हराएको सामसुम मोबाईल फेला पारी आज मंगलबार सम्बन्धित धनीलाई बुझाएको हो ।

मोवाईल हराएको भनी दिएको निवेदनको आधारमा प्राप्त भए पश्चात उपलव्ध स्रोत साधनको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गर्दा उक्त मोवाइल रौतहटबाट फेला पारी सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा विगत १० महिनामा यस कार्यालयबाट १५४ थान हराएका मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*