ट्रकले ठक्कर दिँदा केसीको मृत्यु

निरन्तर न्यूज
८ पुष २०७६, मंगलवार १३:०८

काठमाडौं । काठमाडौंको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्याउन मोटरसाइकलमा गईरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–७ चेकपोस्टका ४१ वर्षीय अर्जुन बहादुर केसी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको छ । ठक्कर दिने ट्रक र चालकको भने खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*