आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कसरी ?

निरन्तर न्यूज
८ पुष २०७६, मंगलवार १२:०३

काठमाडौं । अघिल्लो साता घटेको सुनचाँदीको मूल्य यो साता बढ्ने क्रममा रहेको छ ।

नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुन तोलामा ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ७२ हजार २ सय पुगेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*