मोटरसाइकल दुर्घटना, घलानको मुत्यु

निरन्तर न्यूज
८ पुष २०७६, मंगलवार ११:२५

हेटौंडा । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बाग्मती गाउँपालिका ७ लाला भित्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

सोमबार राति झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक बागमती गाउँपालिका ७ बस्ने २३ बर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाकारी दिए ।

उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*