सेयर बजारमा उच्च वृद्धि

निरन्तर न्यूज
७ पुष २०७६, सोमबार १६:५२

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उच्च वृद्धि आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ७७ अंकले बढेर एक हजार एक सय ६८ दशमलव ५८ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्‍स पनि २ दशमलव ९४ अंकले बढेर २५४ दशमलव ५३ अंकमा पुगेको छ । यस दिन बजारमा १७७ कम्पनीका १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार ५४४ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ११ वटा उपसुचक उकालो लागे भने म्युचल फण्ड ओरालो लाग्यो । उकालो लाग्नेमा जीवन बिमा समूह सर्वाधिक १७० दशमलव ८८ अंकले उकालो लागेको हो ।

सोमबार बजारमा शिवम् सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर पाँच करोड ८५ लाख ६० हजार १५२ रुपैयाँमा कारोबार भएको हो ।

नेप्सेमा उच्च वृद्धि आउँदा सिटिनज इन्भेष्टमेन्ट ट्रष्टका लगानीकर्ताले १० प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, पाँचथर पावर कम्पनीका लगानीकर्ताले सात प्रतिशत सेयर मूल्य गुमाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*