आज सुनचाँदीको मूल्य बढयो

निरन्तर न्यूज
७ पुष २०७६, सोमबार १३:१४

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९०० मा कारोबार भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ७१ हजार ६०० रहेको सुनको मूल्य सोमबार ३०० ले बढेको महासंघले जनाएको छ ।

आइतबार तोलामा ८५५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८६० मा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*