मोटरसाइकलको ठक्करबाट बैंकका सुरक्षा गार्डको मृत्यु

निरन्तर न्यूज
७ पुष २०७६, सोमबार ११:३७

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट राष्ट्रिय बाणिज्य बैंकका सुरक्षा गार्डको मृत्यु भएको छ ।

पुष ५ गते जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर–३ झिलस्थित पूर्वपश्चिम राजमार्गमा मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका राष्ट्रिय बाणिज्य बैंक चौमाला शाखाका ३७ वर्षीय सुरक्षा गार्ड प्रेमराज ओझाको आइतबार राती उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ओझाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको बताए ।

ओझालाई ठक्कर दिने मोटरसाइकल र चालक मोहन्याल गाउँपालिकाका कर्मचारी ४० वर्षीय दिपेन्द्र बुढा प्रहरीको नियन्त्रणमा रहेका बस्नेतले बताए ।श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*