सुकेधारामा बसको ठक्करबाट २१ वर्षीया सृष्टि पन्तको मृत्यु

निरन्तर न्यूज
७ पुष २०७६, सोमबार १०:१६

काठमाडौँ । बसको ठक्करबाट काठमाडौँको सुकेधारामा एक युवतीको मृत्यु भएको छ । भक्तपुर–काठमाडौँ चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी प्रदीप सिंहले जानकारी दिए ।

सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । आगजनीका कारण बस क्षतिग्रस्त बनेको छ । आगजनीको आरोपमा केही विद्यार्थीहरु पक्राउ परेका छन् ।

विद्यार्थीको प्रदर्शनका कारण प्रभावित बनेको सो क्षेत्रको सडकखण्ड सुचारुको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*