हतियार र विष्फोटक पदार्थसहित विप्लव समूहका ५ जना नेता

निरन्तर न्यूज
६ पुष २०७६, आईतवार १६:२७

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् । उनीहरुलाई बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको बिशेष ब्युरोको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । श्रोत रातो पाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*