टिपर दुर्घटना हुँदा चापागाईंको मृत्यु

निरन्तर न्यूज
६ पुष २०७६, आईतवार १३:२४

बर्दिबास । महोत्तरीमा शनिबार बेलुका टिपर दुर्घटनामा सह–चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भण्डाराका २८ वर्षीय राजेन्द्र चापागाईं छन् ।

बा५ख २०४९ नम्बरको टिपर महोत्तरीको भंगहा नगरपालिका–६ संग्रामपुरमा विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा अनियन्त्रित भइ पल्टदा सहचालक चापागाईंको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*