टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

निरन्तर न्यूज
६ पुष २०७६, आईतवार ११:३३

नुवाकोट । नुवाकोटमा मजदुरहरु चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको टिपर बिदुर नगरपालिका वडा नम्बर १२ मा आइतबार बिहान दुर्घटना हुँदा २ मजदुरको घटना स्थलमै मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् ।

बिदुर नगरपालिका वडा नम्बर ६ मा निर्मार्णाधिन मुनथला–चैनपुर सडकखण्डमा कार्यरत मजदुर बोकेको बा २ क ७९१० नम्बरको टिपर सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*