ताप्लेजुङमा २ युवाको शव फेला

निरन्तर न्यूज
४ पुष २०७६, शुक्रबार ११:४२

ताप्लेजुङ । ताप्लेजुङमा दुई युवाको शव फेला परेको छ।

फक्ताङलुङ गाउँपालिका– ६ लेलेपको लामाखर्कमा दुई युवाको शव भेटिएको प्रहरले जनाएको छ।

उक्त शव फक्ताङलुङ गाउँपालिका– ५ का टीकाराम राईको छोरा १८ वर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क २ घर भई ज्यामी काम गर्न ताप्लेजुङ आएका २२ वर्षीय सुजन राईको भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार मालिङ्गो काट्न भनेर हिँडेका उनीहरु लामो समयदेखि बेपत्ता थिए।

उनीहरुको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

उनीहरुको मृत्यु कसरी भयो, खुल्न बाँकी छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*