बिहानै बसको ठक्करबाट ढुंगेलको मृत्यु

निरन्तर न्यूज
४ पुष २०७६, शुक्रबार १०:३९

झापा । पुर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा शुक्रवार बिहान यात्रुवाहक बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् ।

बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई शुक्रवार बिहान बिर्तामोडस्थित पश्चिम बस स्टयाण्ड नजिकै ना४ख ६११६ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*