सेयर बजारमा गिरावट तर कारोबार रकम भने बढ्यो

निरन्तर न्यूज
३ पुष २०७६, बिहीबार १६:१३

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २ दशमलव ४२ अंकले घटेर १ हजार १ सय ४९ दशमलव ६४ अंकमा पुगेको हो ।
नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले घटेर २५१ दशमलव ८४ अंकमा पुगेको छ । सेयर बजारमा गिरावट कायमै रहे पनि कारोबार रकम भने बढेको छ । आज १७२ कम्पनीका १२ लाख ८९ हजार १३४ कित्ता सेयर ४१ करोड ९० लाख ८८ हजार १३३ रुपैयाँमा कारोबार भए ।
साताको अन्तिम दिन बजारमा कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागे भने बाँकी ६ समूह ओरालो लागे ।
उत्पादनमूलक समूह सर्वाधिक ३९ दशमलव ८६ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा समूह सर्वाधिक ३६ दशमलव २२ अंकले ओरालो लाग्यो । नेप्से घटेको दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा उच्च रह्यो । कम्पनीको सेयर १२ करोड ३१ लाख ९३ हजार २७१ रुपैयाँमा कारोबार भएको हो ।
आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ४० प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ७७ प्रतिशत सेयर मूल्य गुमाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*