आज पनि नेकपाको बैठक बस्दै

निरन्तर न्यूज
३ पुष २०७६, बिहीबार १०:५२

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदन पारित गर्दै बैठक सकिने नेकपा स्रोतले जनाएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथी छलफल भएको थियो ।

बैठकमा प्रचण्डपथ बिउँताउने प्रस्ताव पनि आएको छ । स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राखे । यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेताले भने अनौठो मानेका थिए ।

यादवले क्रान्तिका लागि विचारमा स्पष्टता र विकास गनुपर्ने र त्यसक्रममा नै १० वर्षे जनयुद्धकालमा मुख्य नेतृत्वकर्ताको नामबाट प्रचण्डपथ विकास विकसित गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*