नेप्से परिसूचकमा ३ अंकको गिरावट

निरन्तर न्यूज
२ पुष २०७६, बुधबार १६:१५

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३० अंकले घटेर १ हजार १ सय ५२ दशमलव शून्य सात अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८० अंकले घटेर २५२ दशमलव ४७ अंकमा पुगेको छ ।

सेयर बजारमा गिरावट छाए पनि लगानीकर्ताको मनोबल उच्च भएकाले कारोबार रकम भने वृद्धि भएको छ । आज १६५ कम्पनीका ९ लाख ४७ हजार ८५३ कित्ता सेयर २९ करोड ४७ लाख ९ हजार ८५८ रुपैयाँमा कारोबार भए ।

नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये तीन समूह उकालो लागे भने बाँकी ९ समूह ओरालो लागे ।
यस दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा उच्च रह्यो । कम्पनीको सेयर ४ करोड ९० लाख २३ हजार २३५ रुपैयाँमा कारोबार भएको हो ।

चौथो दिन सेयर बजारमा विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ९।९९ प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७।६९ प्रतिशत सेयर मूल्य गुमाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*